हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन वेश स्थापना गरेको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) लक्ष्मणबहादुर सिंहको उपस्थितिमा इन्द्रसरोवर गाउँपालिका–२ मा वेश स्थापना गरिएको सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख अनिल कार्कीले जानकारी दिनुभयो ।
बुधबार विपद् व्यवस्थापन वेश स्थापना भएको हो । थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकालाई लक्षित गरेर सशस्त्र प्रहरीले विपद व्यवस्थापन वेश स्थापना गरेको हो । मनसुनजन्य प्रकोप तथा अन्य विपद् न्यूनीकरणका लागि, सम्भावित दुर्घटनामा उद्दार कार्यलाई सहज बनाउन र शान्ति सुरक्षाका लागि वेश स्थापना गरिएको सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख कार्कीले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापन वेशमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट आवश्यक सामग्री र विपद तालिम प्राप्त गरेका जनशक्ति व्यवस्थापन गरिएको छ । उक्त अवसरमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकाको तर्फबाट उद्दार प्रक्रियामा आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्नुभएको थियो । वेशमा प्रहरी निरीक्षकको कमाण्डमा २२ जना सशस्त्र प्रहरी रहेका छन् ।
हा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिका जोखिमयुक्त क्षेत्र भएकाले वेश स्थापना गरिएको हो ।