हेटौंडाः मकवानपुरको मकवानपुरगढी–४, कुसुमटमरमा कुकुरले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीया मनु महर्जन रहेको मकवानपुरगढीका स्वास्थ्य प्रमुख ध्रुव लामिछानेले जानकारी दिनुभयो ।
बालिकालाई माघ २७ गते घरपालुवा कुकुरले शरीरको विभिन्न ठाउँमा टोकी गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अवस्था गम्भीर भएर थप उपचारका लागि काठमाडौं लगिएकोमा बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको लामिछानेले जानकारी दिनुभयो ।