सांकेतिक तस्वीर ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागुऔषध ओनरेक्ससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरीया नगरपालिका–९ बस्ने ३३ वर्षीय सर्बेन्द्र महतो कोईरी र पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ बस्ने २२ वर्षीय दिनानाथ कुमार कुशवाह रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटाँडाले जानकारी दिएको छ ।

बुधबार बेलुका ७ बजेर ५५ मिनेटको पूर्व–पश्चिम सडक खण्डमा प्रहरी टोलीले वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना ६० प ४७० नम्बरको मोटरसाइकललाई शंका लागी सुरक्षाजाँच गदा कोईरी र कुशवाह साथबाट लागुऔषध ओनरेक्स ५८ बोतल (१ सय एमएल) को बरामद गरेको थियो । लागुऔषध, मोटरसाइकलसहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जनाएको छ ।