Home मुख्य समाचार मकवानपुरमा लकडाउन खुकुलो होइन, खुल्ला भयो, लागु भएन निजी सवारीमा जोर–विजोर, सार्वजनिक...

मकवानपुरमा लकडाउन खुकुलो होइन, खुल्ला भयो, लागु भएन निजी सवारीमा जोर–विजोर, सार्वजनिक यातायात पनि निर्वाध चल्दै

मंगलबार हेटौंडा बजारको स्कूलरोडमा जोर–जोर दुबै किसिमका निजी मोटरसाइकल ।

हेटौंडाः कोरोना भाइरसको संक्रमणको अवस्थालाई हेरेर सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरे पनि मकवानपुरमा भने लकडाउन खुला भएको छ । मकवानपुर जिल्लामा स्थानीय प्रशासन र प्रहरीले लकडाउनलाई खुकुलो बनाउँदा अपनाउनुपर्ने सतर्कतातर्फ ध्यान दिन सकेको छैन । निजी सवारी साधनमा जोर–विजोर प्रणाली लागु गराउन स्थानीय प्रशासन र प्रहरीले ध्यान दिएको छैन ।

जोर–विजोर प्रणाली लागु नगर्दा हेटौंडा बजारको स्कूलरोडमा सवारी साधनको लाइन ।

मकवानपुरमा निर्वाध रुपमा सबै प्रकारका निजी सवारी साधन चलेका छन् । सार्वजनिक यातायातको रुपमा अटो, मयुरी, ढुवानीका साधन पनि निर्वाध चलेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयले लकडाउनका बेला जारी गरिएको सवारी पास सबै खारेज गरेको निर्णय समेत सार्वजनिक गरेको छ । जोर–विजोर लागु नगर्दा र सार्वजनिक सवारीका साधन अटो, मयुरीलाई नियमन नगर्दा बजारक्षेत्रमा भीडभाड बढेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतराका कारण सर्वसाधारणमा भने त्रास बढेको छ ।

Exit mobile version