फाइल तस्बिर

हेटौंडाः दादुरा रुवेला विरुद्धको खोप आज बुधबार उपमहानगरपालिकाको १६ स्थानमा लगाइँदै छ । वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ५ को जेनिथ वोर्डिङ, वडा नम्बर ८ को किरणचोक, वडा नम्बर ९ को जनकल्याण टोल, वडा नम्बर १० को कर्रा टोल विकास संस्थाको भवनमा खोप लगाइँदैछ ।

यस्तै वडा नम्बर ११ को नवलपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १३ को पदमपोखरी स्वास्थ्य चौकी र मकवानपुर स्वास्थ्य सेवा घर, वडा नम्बर १४ मयुरधाप स्वास्थ्य केन्द्र, वडा नम्बर १५ को ज्ञानज्योति विद्यालय, वडा नम्बर १६ को हटिया स्वास्थ्य चौकी, वडा नम्बर १७ बुधबारे, वडा नम्बर १८ को लालझाडी विद्यालय र वडा नम्बर १९ को अरनिको माविमा खोप लगाइने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले जनाएको छ ।

मंगलबार पनि हेटौंडा उपमहानगरका १६ स्थानमै खोप लगाइएको थियो । वडा नम्बर १ को भैरवडाँडा आधारभुत विद्यालय, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को भुटनदेवी मावि, वडा नम्बर ५ को जीएस निकेतन, वडा नम्बर ८ को मनकामनाचोक सभाहल, वडा नम्बर ९ को कालिका माता मन्दिर, वडा नम्बर १० को न्युरेनी वन समिति, वडा नम्बर ११ को नवलपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १२ को ब्रम्हा स्कुल, वडा नम्बर १३ को ठूलोथलीस्थित कालिका आधारभुत विद्यालय, वडा नम्बर १४ को बदेलधाप, वडा नम्बर १५ को शिखरपानीस्थित चुरियामाई मावि, वडा नम्बर १६ को प्रणामी मन्दिर, वडा नम्बर १७ को अशोक वाटिका, वडा नम्बर १८ को पाख्रिनचोक र वडा नम्बर १९ को निर्मल माविमा खोप कार्यक्रम सञ्चालन भएको थियो ।

हेटौंडा उपमहानगरपालिकामा जेठ २९ गतेदेखि सुरु भएको दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । ९ महिनादेखि ५ वर्षसम्मका हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई खोप लगाउन १०६ वटा खोपकेन्द्र कायम गरिएको छ ।