हेटौंडाः हेटौंडा–१०, टिसिएनरोडस्थित एक ग्यारेजमा काम गर्ने युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
ग्यारेजमै सुतिरहेको अवस्थामा सोमबार राती काभ्रे जिल्ला घर भएका २३ वर्षीय रविन्द्र गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । ४ जना एकसाथ सुतेको अवस्थामा करेन्ट सर्ट भएर गौतमको मृत्यु भए पनि अन्य तीनजना भने सामान्य अवस्थामा रहेको पाइएको प्रहरीले जनाएको छ ।