राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा उपमहानगर समितिका अध्यक्ष भृगु कार्की नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरलाई ज्ञापनपत्र बुझाउनुहुँदै ।

हेटौंडाः पटक–पटक विद्युत प्रवाह अवरुद्ध हुँदा नागरिक पीडित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ ।

गर्मीको मौसम तथा लकडाउनका कारण विद्यार्थीहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका बेला विद्युत प्रवाह अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै संगठनले समस्याको समाधान गर्न हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरलाई आज ज्ञापनपत्र बुझाएको हो । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा उपमहानगर समितिका अध्यक्ष भृगु कार्कीले केन्द्र प्रमुख ठाकुरलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।