हेटौंडाः हेटौंडा–६, चौघडास्थित बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को छात्रवृत्ति तथा विषयगत सहयोग अक्षयकोषका लागि पूर्वविद्यार्थीहरुले २ लाख सहयोग गर्नुभएको छ । बिहीबार हेटौंडा–६, चौघडा शान्तिटोल घर भई हाल काठमाडौं बसोबास गर्ने डा. रमेश चौलागाई र शान्तिटोल घर भई हाल क्यानडा बसोबास गर्ने भरत सापकोटाले अक्षयकोषमा एक–एक लाख रुपैयाँ सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयले गत पुस २१ गतेबाट छात्रवृत्ति तथा विषयगत सहयोग अक्षयकोषको सुरुवात गरेको थियो । सोही दिन अक्षयकोषमा ७ लाख २३ हजार ५ सय ६६ रुपैयाँ संकलन भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ र प्रधानाध्यापक रमेशप्रसाद लामिछानेको उपस्थितिमा चौलागाई र सापकोटाको परिवारका सदस्यहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका शिक्षकहरुको पनि उपस्थिति रहेको थियो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल एक हजार एक सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले अक्षयकोषका लागि अन्य दाताहरुलाई पनि सहयोगका लागि आग्रह गरेको छ ।