फाइल तस्वीर ।

हेटौँडाः छैठौं संस्करणको सहिद स्मृती मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम एक खेल हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौँडा–१५ स्थित न्युडाँफे युथ क्लबको व्यवस्थापनमा हेटौँडा–६ स्थित गौरिटार रंगशालामा हुने पहिलो चरणको अन्तिम खेलमा राजारानी क्लब धनकुटा र चर्च वोवाई युनाइटेट नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

भोलि शनिबारबाट क्वाटर फाइनलको खेलहरु सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत आजको खेलको विजेता टोलिले सेमीफाइनल प्रवेशका लागि सोमबार त्रिभुवन आर्मी क्लब काठमाडौँ सँग प्रतिस्पर्धा गर्नेछन् । हिजो भएको खेलमा नेपाल पुलिस एपीएफ काठमाडौंले मछिन्द्र एफसी काठमाडौंलाई टाइबेकरमा ४–३ गोल अन्तरले हराउदै हराउदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

१२ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा ३ वटा टिम बाहिरी सकेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका लागि हेटौँडा–४ का निवासी सन्तोष गौतमले ३ सय ५० सिसिको बुलेट बाइक प्रायोजन गर्नुभएकोे छ । प्रतियोगिताको फाइनल खेल यही माघ २७ गते हुनेछ ।