हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मकवानपुर बहुमुखी क्याम्पसको ४४ औँ वार्षिकोत्सवको अवसरमा खेलकुद कार्यक्रम हुने भएको छ । आगामी माघ २१ गतेदेखि फागुन ५ गतेसम्म खेलकुद कार्यक्रम हुने भएको हो ।

क्याम्पसका स्ववियु सभापति छयोइसाङ लामाका अनुसार प्रतियोगिता आयोजनाका लागि विभिन्न प्रतियोगिताको संयोजक तोेकेर कार्यतालिका बनाइएको छ । खेलकुद कार्यक्रमअन्तर्गत् फुटबल, भलिबल, बास्केटबल, कबड्डी, दौड, टेबल टेनिस र हाजिरीजवाफ हुनेछ । यस्तै, नृत्य, गायनलगायत अन्य अतिरिक्त कार्यक्रम पनि हुने उहाँले बताउनुभयो ।