गुगल तस्विर ।

हेटौँडाः सिन्धुपाल्चोक र काभे्र जिल्लामा दुई जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ गोरेपुलमा एकजना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुलीका ५५ वर्षीय महेन्द्र बस्नेत रहेको प्रहरीले जनाएको छ । मृतक बस्नेत १२ वर्षदेखि उक्त स्थानमा ज्यामी काम गर्दै आइरहेको जनाएको छ । यस्तै काभ्रेको पनौति नगरपालिका–५ सुन्दरबस्तीमा एकजना घरमै मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सोही ठाउँका ३४ वर्षीय दीपक खत्री रहेको प्रहरीले जनाएको छ ।