हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा मानसिक तथा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । बुधबार कैलाश गाउँपालिकाको डाँडाखर्क, कालिकाटार र नामटारमा गाउँपालिकाको महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम भएको कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुधीर कुसवाहले जानकारी दिनुभयो ।

कैलाश गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा ४२ जना स्वयम्सेविकाको सहभागिता रहेको थियो । ४२ जना स्वयम्सेविकालाई स्वास्थ्य प्रमुख सन्तोष शाह, आशाकुमारी गुरुङ झा र सर्वोद राउत गदिले मानसिक तथा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमबारे जानकारी दिनुभएको थियो । जनचेतना बढाउने उद्देश्यले आयोजना भएको कार्यक्रम नामटार स्वास्थ्य चौकी र कटुन्जे स्वास्थ्य चौकी कालिकाटारमा सम्पन्न भएको हो ।