सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौँडा–सिन्धुली सडकअन्तर्गत मकवानपुर जिल्लाको बागमती गाउँपालिका–८, भुवनचुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार दिउँसो २ बजेर ५० मिनेटको समयमा राईगाउँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ३३४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बागमती–२, राईगाउँका ३९ वर्षीय अर्जुन पहरी र मोटरसाइकलमा पछाडी सवार ३४ वर्षीय आईते राम गोले घाइते भएका छन् । घाइते पहरीको दाहीने खुट्टा र बाँया हातमा चोट लागेको छ भने गोलेको दुबै खुट्टा र बाँया हातमा चोट लागेको छ । घाईते पहरी र गोलेको मकवानपुर सहकारी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।