सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा–११ की एक सुस्त मनस्थितिकी महिलाको बलात्कार भएको छ । गत जेठ २४ गतेका दिउँसो १२ बजेको समयमा २५ वर्षीया अविवाहित सुस्त मनस्थितिकी महिलामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पीडितको पक्षबाट जेठ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ । पैसा देखाएर फकाउँदै घर नजिककैको मकैबारीमा लगेर बलात्कार गरेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।