गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–३ कौगेडीमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ६१ वर्षीया साबित्री पाण्डे रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

पाण्डे शुक्रबार बिहान ९ बजेको समयमा घरबाट १ सय मिटर पुर्व गोरेटो बाटोमा मृत अवस्थामा मृत फेला परेकी थिइन । मुचुक्का पश्चात शव पोष्टमार्टमको लागि सरकारी अस्पताल हेटौडा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।