Home खेलकुद उसु खेलाडी खड्काको निधनमा दीप प्रज्वलन

उसु खेलाडी खड्काको निधनमा दीप प्रज्वलन

दीपप्रज्ज्वन गर्दाको तस्विर

हेटौंडाः मकवानपुर जिल्ला उसु संघले सुदूरपश्चिमकी उसु खेलाडी नीता खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेको छ । गत पुस १४ गते प्रतियोगितामा सहभागी भएर स्वर्ण जितन सफल भएकी खड्काको सवारी दुर्घटनामा परेर निधन भएकोमा दुःख व्यक्त गर्दै जिल्ला उसु संघले हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरेको हो ।

खड्काले हेटौंडामा भएको खेलकुद तथा औद्योगिक व्यापार महोत्वसमा आयोजना गरिएको प्रदेशस्तरीय उसु प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । स्वर्ण जितेर घर फर्कने क्रममा उनको निधन भएको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले खेलकुद महोत्सव भव्य तरिकाले सम्पन्न भएता पनि यो घटनाले सिंगो मकवानपुर जिल्लालाई अन्धकार बनाएको बताउनुभयो । दीप प्रज्वलनमा शोक व्यक्त गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै आउने दिनहरुमा यस्तो प्रकारको घटनाहरु नहोस् भन्ने कामना गर्नुभयो ।

मकवानपुर जिल्ला उसु संघका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले स्वर्गीय खड्काको आत्माको चीरशान्तिको कामना गर्नुभयो । उहाँले यस घटनाले खेल जगतलाई ठूलो असर पु¥याएको बताउनुभयो ।
उसु संघका अध्यक्ष बज्राचार्यको सभाध्यक्षतामा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्कीको प्रमुख आतिथ्यमा दीप प्रज्वलन कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला उसु संघका सचिव विश्वनाथ पाठक, उसु प्रशिक्षक विमल थापा मगरलगायत विभिन्न खेलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version