हेटौँडाः चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–३, फिस्लिङमा त्रिशुली नदी किनार एकजना र दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–७, खिम्तीखोलामा एकजना मृत फेला परेका छन् ।
त्रिशुली नदी किरारमा मृत फेला पर्नेमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–९ का १९ वर्षीय रञ्जन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चेपाङ पुस १४ गते शनिबार पौडी खेल्ने क्रममा बेपता भएका थिए । मंगलबार बिहान ८ बजेको समयमा चेपाङ त्रिशुली नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–७ खिम्तीखोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय पारस सुनुवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मंगलबार सुनुवार साथीहरुसँग माछा मार्न गएकोमा खिम्तीखोलाको छहरे दोभानको दहमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिरी अस्पताल लगिएको छ ।