Home मुख्य समाचार ९० थान भिटिएम आइसोलेसनलाई उपलब्ध, स्वाब संकलनमा छैन समस्या

९० थान भिटिएम आइसोलेसनलाई उपलब्ध, स्वाब संकलनमा छैन समस्या

हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवन, जहाँ आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

हेटौंडाः हेटौंडा अस्पतालले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा सञ्चालन गरेको आइसोलेसन कक्षमा आज शनिबार ६ जना रहेका छन् । मकवानपुरको कैलाश गाउँपालिकाका ३ जना, हेटौंडा उपमहानगरपालिकाका २ जना रहेको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकरी दिनुभयो । त्यस्तै हेटौंडा–९ का १ जना कोरोना संक्रमित सुरुदेखि नै छन् । उनीहरुमध्ये १ जना केहीबेरमा डिस्चार्ज हुने र आजै ४ जनाको रिपोर्ट आएमा ४ जनापनि बेलुकसम्म डिस्चार्ज हुने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा मकवानपुरको दैनिक ६/७ जनाको कोरोना परीक्षण हुने गरेको उहाँले बताउनुभयो । अहिले मकवानपुरका नागरिकहरुलाई प्राथमिकतामा राखेर कोरोना परिक्षण हुने हुँदा रिपोर्ट आउन ढिलाई नहुने गरेको उहाँले जानकारी दिनुभयो । काठमाडौंमा चाप बढेपछि १ हजार स्वाबको नमुना र तराई जिल्लाहरुबाट १ सय ५० भन्दा बढी स्वाब हेटौंडाको प्रयोगशालामा आइपुगे पनि मकवानपुरका नागरिकको रिपोर्ट आउन ढिलाई नभएको उहाँले बतउनुभयो ।

यस्तै आइसोलेसनमा भिटिएमको अभाव केहि दिनलाई टरेको छ । आइसोलेसनलाई स्वास्थ्य कार्यालय मकवानपुरले ४० थान, हेटौंडा उपमहानगरले १० थान, थाहा नगरले १५ थान, बकैया गाउँपालिकाले २५ थान भिटिएम उपलब्ध गराएकोले स्वाब संकलन गर्न समस्या नरहेको इन्चार्ज चौलागाईले बताउनुभयो । यता मकवानपुरको मनहरी गाउँपालिकाले भने मनहरी र राक्सिराङ दुवै क्षेत्रलाई कभर गरेको छ । मनहरीबाटै दुवै गाउँपालिकाको नागरिकहरुको स्वाब संकलन हुने गरेको छ । अन्य गाउँपालिकाको कर्रास्थित आइसोलेसनबाट स्वाब संकलन हुने गरेको इन्चार्ज चौलागाईले बताउनुभयो ।

हेटौंडाको क्वारेन्टाइनमा १४६ जना आए

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको हेटौंडा–१०, गोरक्षेश्वरको क्वारेन्टाइनामा आजसम्म १ सय ४६ जनाले सेवा लिएका छन् । विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिने र सम्बन्धित गाउँपालिकासँग समन्वय गरेर पठाइने गरेको क्वारेन्टाइनका इन्चार्ज टिएन ढुंगेलले जानकारी दिनुभयो । हालसम्म हेटौंडा उपमहानगरपालिका ९ महिलासहित ७२ जना क्वारेन्टाइनमा विभिन्न स्थानबाट आइपुगेको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९, १०, १२, १३ र १५ मा क्वारेन्टाइन संचालनमा छन् । हेटौंडाका ७२ जना नागरिकहरुलाई सम्बन्धित क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेको उहाँले जानकरी दिनुभयो । हिजो शुक्रबार गोरक्षेश्वरको क्वारेन्टाइनमा महेन्द्रनगर हुँदै भारतबाट आएका ३ जना तेह्थुमका, धरानका १ र कैलाश गाउँपाकिलाका ३ जनालाई सम्बन्धित स्थानीय तहको एम्बुलेन्समा पठाइएको इन्चार्ज ढुंगेलले बताउनुभयो । यता विदेशबाट आएका हेटौंडा उपमहानगरपालिकाका नागरिकहरुको भने सबैको पिसिआर परीक्षण गर्न जोड गरिएको उहाँले बताउनुभयो ।

Exit mobile version