हेटौंडाः मकवानपुरको गढी गाउँपालिकामा यही पुस २८ गतेखदेखि चौथो संस्करणको अन्तर गाउँपालिकास्तरीय शहीद रुद्र पाख्रिन/बासुदेव घिमिरे स्मृति फुटसल प्रतियोगिता हुने भएको छ । शुक्रबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै पुस २८ गतेदेखि माघ १ गतेसम्म हुन लागेको प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा २ वटा आयोजकसहित ११ वटा टिमको सहभागिता रहेको छ । पालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताका लागि पालिकाबाट ४ लाख रुपैयाँ प्राप्त भएको छ । लिग चरणमा सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख २५ हजार रुपैयाँ र उपविजेता टिमले ७५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट गोल रक्षकले पनि रकम प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ पालिकाले ३ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । गत वर्षको प्रतियोगिता कैलाश गाउँपालिका उपविजेता रहेको थियो भने आयोजक उपविजेता बन्न सफल भएको थियो । प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुहुनेछ ।