हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–५ स्थित देवकी माविमा अध्ययनरत ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सोमबार हेटौंडाका तीन जना व्यवसायी तथा समाजसेवीले विद्यालयमा उपस्थित भएर ६० थान न्यानो कपडा वितरण गरेको हो ।
हेटौंडा–५ का मनिष सुवेदी, हेटौंडा–७ का दीपराज आचार्य र हेटौंडा–११ का प्रवेश ढकालले संयुक्त रुपमा ६० थान कपडा र टोपी वितरण गर्नुभएको हो । विद्यालयमा अझै न्यानो कपडा लगाउनसमेत कठिनाई भएका १ सय जनाभन्दा बढी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक चन्द्र थापाले बताउनुभयोे । सहयोग गर्न चाहने दाताहरुले सहयोग गर्न सकिने पनि उहाँले बताउनुभएको छ ।