हेटौँडाः निजामति कर्मचारी श्रीमती संघको १५औं स्थापना दिवसको अवसरमा मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
संघकी अध्यक्ष अन्जना अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमरत्न भुलुनको प्रमुख आतिथ्यमा बिहिबार भएको कार्यक्रममा एक सय ५७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । विद्यालयकी प्रधानाध्यापक गोमा श्रेष्ठ रानाभाट र विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुलुनलाई संघकी अध्यक्ष अन्जना अर्यालले न्यानो कपडा हस्तान्तरण गरिएको थियो । हेटौँडा–५, पिप्लेस्थित ज्ञानोदय बालबाटिका आवासीय माविका प्रिन्सीपल श्यामकुमार बानियाँको संयोजनमा न्यानो कपडा वितरण कार्यक्रम भएको हो ।