हेटौंडाः संघीय सरकारको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडाका युवाले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज बिहान साढे ७ बजेदेखि एक घण्टाका लागि प्रदर्शन गरिएको छ ।
लकडाउनले जनजीवन प्रभावित बनाएको, कोरोना भाइरस नियन्त्रणमा सरकारले पर्याप्त परीक्षण गर्न नसकेको, स्वास्थ्य सामग्री खरिददेखि कोरोना भाइरस विरुद्धको कार्यमा भएको खर्चको पारदर्शिताको विषयलाई लिएर हेटौंडाको मुख्यचोक बुद्धचोकमा प्लेकार्डसहित युवाले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई व्यवस्थित बनाउन र त्यस क्षेत्रको आवागमन सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहजीकरण गरेका थिए । कुनै संघ, संस्था, संगठनको आव्हानमा नभई स्वतन्त्ररुपमा सक्रिय युवाको समूहले प्रदर्शन गरेका हुन् ।
युवाको यो समूहले भारतले नेपाली भुभाग अतिक्रमण गरेको विषयमा पनि प्रदर्शन गरेका थिए ।