हेटौंडाः चितवनको भरतपुर महानगरपालिका–३ मा नारायणी पुलबाट हाम फालेकी महिलाको मृत्यु भएको छ । सोमबार बिहान ७ बजेर ५५ मिनेटको समयमा नाम थर नखुलेको अन्दाजी ४० वर्षीया महिला रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
महिला हाम फालेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।