हेटौंडाः रेडियो प्राविधिक तालिम सुरु भएको छ । आइतबारबाट नुवाकोट जिल्लाको बिदुर नगरपालिकामा बागमती प्रदेश सञ्चार रजिष्टारको कार्यालयको आयोजना तालिम सुरु भएको हो ।
सञ्चार रजिष्टार रेवती सापकोटाको अध्यक्षतामा तालिमको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, पत्रकार महासंघ केन्द्रीय सदस्य ध्रुव राउत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रत्नराज्य कलेजका डा. श्रीराम पौडेलले प्रशिक्षण दिनुभएको छ । तालिममा प्रदेशभरका रेडियो भरका २२ जना रेडियो प्राविधिकको उपस्थिति रहेको छ । रेडियोलाई डिजिटलाइज गर्नका लागि रेडियोकर्मीलाई तालिम कार्यक्रम सञ्चालन गरिएको रजिष्टार सापकोटाले बताउनुभयो । कार्यक्रममा रेडियोको हार्डवेयर र रेडियो कन्टेन्टको डिजिटलाइजसम्बन्धी प्रशिक्षण हुनेछ । तालिममा हेटौँडाको रेडियो निकासबाट रामकृष्ण घोरासाइनीको पनि सहभागिता रहेको छ ।