प्रहरीले बरामद गरेको प्याज ।फाइल तस्वीर ।

हेटौंडाः बारा प्रहरीले १ करोड १५ लाख रुपैयाँ बराबरको प्याज नियन्त्रणमा लिएको छ । भाद्र महिनादेखि हालसम्म १ करोड १५ लाख रुपैयाँ बराबरको अवैध प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा अवैध रुपमा ल्याइएको प्याज बरामद गरेको थियो । भारतबाट भन्सार छलेर अवैध रुपमा विभिन्न समयमा नेपाल भित्रिएको उक्त प्याज प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त प्याजलाई नियन्त्रणमा लिएर आवश्यक काराबाही र अनुसन्धानका लागि बाराको पथलैयास्थित राजश्व कार्यालयका बुझाइएको जनाएको छ । नेपालमा पछिल्लो समय प्याजको मुल्य महङ्गो भएपछि भारतबाट अवैध रुपमा प्याज भित्रिने गरेको छ ।