दौडमा सहभागी विद्यार्थीहरु । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–४, कमलडाँडास्थित ब्रह्मदिक् एकेडेमीको खेलकुद सप्ताह सुरु भएको छ । आइतबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको खेलकुद सप्ताहको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बानियाँको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडाका अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा भएको ।

सप्ताहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष घिमिरेले शिक्षा सँगसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रयका लागि खेलकुद” भन्ने कुरालाई मध्य नजर गर्दै विद्यार्थीलाई मनोरञ्जन गराउन, विद्यार्थीहरुमा लुगेको प्रतिभालाई प्रदर्शन गर्ने उद्देश्यले खेलकुद सप्ताहको आयोजना गरिएको ब्रह्मदिक् एकेडेमीले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटन समारोहमा विद्यार्थीले मार्चपाससँगै थारु र नेवारी नृत्य पनि प्रदर्शन गरेका थिए ।

यस्तै खेलतर्फ एथ्लेटिक्स, फुटबल, भलिबल तेक्वान्दोको काता समावेश गरिएको छ । मंगलबारसम्म संचालन हुने खेलकुद सप्ताहको उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हरिचन्द्र सापकोटाको पनि उपस्थिति रहेको थियो ।