नवनिर्वाचित अध्यक्ष कल्पना श्रेष्ठ ।

हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ नै निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा राजु गौतमलाई पराजित गर्दै श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । निर्वाचनमा एक सय २२ जनाले मतदान गरेका थिए । श्रेष्ठले ७९ मतसहित निर्वाचित हुँदा गौतमले ३९ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा मीना कुमारी चौरेल ८२ मतसहित निर्वाचित हुँदा अर्का आकांक्षी सीतादेवी भेटवालले ३५ मत प्राप्त गर्नुभयो । सचिवमा वीरेन्द्रप्रसाद ढुंगाना ७५ मतसहित निर्वाचित हुनुहुँदा हरिप्रसाद पौडेल ४३ मतसहित पराजित हुनुभयो । कोषाध्यक्षमा विष्णुमाया लामा ८० मतसहित निर्वाचित हुनुहुँदा ध्रुवप्रसाद देवकोटा ३८ मतसहित पराजित हुनुभयो । सहसचिवमा विजयबहादुर बस्नेत ६८ मतसहित विजयी हुनुहुँदा चुणामणि रुपाखेती ४४ मतसहित पराजित हुनुभयो ।

नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

सदस्यतर्फ उत्तर–पूर्वी क्षेत्रबाट शर्मिला महत र पूर्वीक्षेत्रबाट सिताराम दाहाल सर्वसम्मत निर्वाचित हुनुभयो । उत्तरीक्षेत्रतर्फ फणिन्द्रनाथ सुवेदी ७४ मतसहित विजयी हुँदा सहदेव ढकाल ३८ मतसहित पराजित हुनुभयो । पश्चिमक्षेत्रबाट शंकरप्रसाद कालाखेती ७६ मतसहित निर्वाचित हुँदा राममाया नगरकोटी ३० मतसहित पराजित हुनुभयो । यस्तै खुला सदस्यतर्फ हिमाल पौडेल (७७ मत), जुना दंगाल (६९ मत), जानकी चौधरी (६३ मत) र यशोदा पराजुली (६१ मत) विजयी हुनुहुँदा रामहरि तिमल्सिना (४५ मत), जानुका दवाडी (३४ मत), मिनु अग्रवाल (३३ मत), हरिमाया ढकाल अधिकारी (३० मत), रामकेदार बस्नेत (१५ मत) र योगनाथ दंगाल (१३ मत) पराजित हुनुभएको छ ।

संघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा मिठाराम दाहाल ६७ मतसहित निर्वाचित हुनुहुँदा श्रमिक लामा ४३ मतसहित पराजित हुनुभयो । लेखा सुपरीवेक्षण समितिको सदस्यमा सचिता भट्टराई (७३ मत) र कृष्ण विडारी (५१ मत) विजयी हुनुहुँदा श्रीराम दाहाल (४९ मत) र सुशान्त तिमल्सिना (३५ मत) पराजित हुनुभएको छ । निर्वाचन समितिले शनिबार साँझ नै मत परिणाम सार्वजनिक गर्दै नवनिर्वाचित समितिलाई सपथ गराएको छ ।

निर्वाचनमा उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणाम ।