Home मुख्य समाचार बसको ठक्कर श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

बसको ठक्कर श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडामा बसको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ, भने श्रीमान गम्भीर घाइते छन् । शुक्रबार पुर्व पश्चिम सडकखण्ड अन्तरर्गत हेटौंडा–१५, रातोमाटेमा ११ बजेर २० मिनेटको समयमा पथलैयाबाट भरतपुरतर्फ जना आउदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशातर्फबाट आउदै गरेको ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक जितपुर सिमरा–१२, बस्ने ४३ वर्षीय रोशन कुमार राय र पछाडी सवार उनकी श्रीमती निशा कुमारी गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा जितपुर सिमरा उपमहानगरपालिका–१२, की ३२ वर्षीय निशा कुमारी रायको ११ बजेर ३३ मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते रोशनको उपचार भइरहेको छ । ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version