हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–८ बाघमारामा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । ४१ वर्षीया बिनिमाया कुमालले आत्मदाहको प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ बजेर १५ मिनेटको समयमा आफैले शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेकी कुमाललाई उपचारका लागि जिल्ला अस्पताल भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ । कुमालको अवस्था अहिले मध्यम रहेको छ । कुमाल प्यारलाईसिस र मानसिक बिरामी रहेको प्रहरीले जानकारी दिएको छ ।