हेटौंडाः नुवाकोट जिल्लाको विदुर नगरपालिका–९, रामथोकमा एक जना वृद्ध मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७० वर्षीया पुतली विक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
वृद्ध मंगलबार बिहान १० बजेको समयमा आफ्नै घरको कोठाभित्रबाट चुकुल लगाई खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि त्रिशुली अस्पताल नुवाकोटमा लगिएकोमा पोष्टमार्टम पश्चात शव आफ्न्तले बुझि लगेको प्रहरीले जानकारी दिएको छ ।