हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ स्थित प्रहरीको सुरक्षापोष्टबाट मकवानपुर प्रहरीले ५ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्लाको खैरहनी नगरपालिका–३ का ३२ वर्षीय राम भट्ट, भरतपुर महानगरपालिका–२९ का २७ वर्षीय मिन बहादुर गुरुङ र भारत महाराष्ट्रका २४ वर्षीय बिजय मारुती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । सोमबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी नायब निरीक्षककोे टोलीले बारा जिल्लाको पथलैयाबाट हेटांंैडातर्फ आउँदै गरेको बा १२ च ७१४० नम्बरको कारलाई सुरक्षाजाँच गर्दा कारको पछाडी लुकाई ल्याएको ५ किलो चाँदी बरामद गरेको थियो । चाँदी, कार र तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाकारी दिएको छ ।