गुगल तस्विर ।

हेटौंडाः धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–१, ग्याल्वोचौरका २७ वर्षीय रामचन्द्र बयलकोटीले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । रामचन्द्रले श्रीमति २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

आइतबार रामचन्द्रले धारिलो हतियार प्रहार गर्दा पवित्रा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर जाँदा पवित्रा घटनास्थलमै घोप्टो अवस्थामा मृत फेला परेकी थिइन् । रामचन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।