Home मुख्य समाचार लैंगिक हिंसा न्यूनीकरणसम्बन्धमा अन्तरक्रिया, प्रहरीले जाहेरी नै दर्ता नगरेको गुनासो

लैंगिक हिंसा न्यूनीकरणसम्बन्धमा अन्तरक्रिया, प्रहरीले जाहेरी नै दर्ता नगरेको गुनासो

अन्तरक्रियामा सहभागी सिविन बालहेल्पलाइन हेटौँडाकी अधिकृत सम्झना अधिकारी ।

हेटौँडाः बागमती प्रदेश प्रहरी कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रियाको आयोजना गरेको छ । हेटौँडास्थित कार्यालयमा सरोकारवालाको उपस्थितिमा अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रियामा सहभागीले लैंगिक हिंसा न्यूनीकरण गर्न प्रहरीले नियमित अन्तरक्रिया र समीक्षा गर्नुपर्ने, महिला सेलमा टोलफ्रि नम्बरको व्यवस्था गर्नुपर्ने, प्रदेश प्रहरीले मातहतका प्रहरी इकाईको निगरानी गर्नुपर्ने सुझाव दिएका छन् ।

सिविन बालहेल्पलाइन हेटौँडाकी अधिकृत सम्झना अधिकारीले हेटौँडा–१५ की दुई किशोरी भारतमा बेचिएर फर्किएपछि प्रहरीमा उजुरी गरे पनि प्रहरीले गम्भीररुपमा अनुसन्धान नगरेको गुनासो गर्नुभयो । प्रतिवादीको नाम यकिन नभएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नै नमानेको उहाँको गुनासो छ । समाजमा हुने चोरी, लुटपाट, लागुऔषध दुव्र्यसन, यौन दुव्र्यवहार तथा जबर्जस्तीकरणीजस्ता अपराध एक अर्कासँग सम्बन्धित हुने भएकोले सबैखाले समस्यालाई केलाएर समाधानमा प्रहरीले ध्यान दिनुपर्ने अधिकारीको सुझाव थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य गोपिनी सापकोटाले आफ्नै परिवारमा लैंगिक हिंसाको घटना भइरहेको र पीडकलाई कारवाही गर्न नसकिएको गुनासो गर्नुभयो । हेटौँडा–९ की वडा सदस्य कमला पौडेलले सुधार केन्द्रमा समेत दुव्र्यसनहरुको सुधार हुन नसकेको भन्दै दुव्र्यसनबाट लैंगिक हिंसाका घटना भइरहेको बताउनुभयो । गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले हिंसाका घटना बढेको हो कि भइरहेका घटनाका विषयमा उजुरी र कारवाही हुने क्रम बढेको भनी अध्ययन गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले नेपाल प्रहरीले विशिष्ट प्रहरी सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुहुँदै प्रहरीले हिंसा नियन्त्रण गर्न निरन्तर काम गरिरहेको बताउनुभएको छ । हिंसाका घटनामा पीडितको उपचार, मनोसामाजिक परामर्श र परिवारमा पुनस्र्थापनाका लागि अस्पताल आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र प्रभावकारी स्थान बन्दै गएको उहाँको भनाइ थियो । सामुदायिक सेवा केन्द्र थानाभ¥याङका अध्यक्ष देवकुमार श्रेष्ठले सामुदायिक सेवा केन्द्रका लागि बजेट अभाव भएको गुनासो गर्नुभएको छ । प्रहरी कार्यालयबाट सचेतनामूलक काम गर्न भनेर पत्र आउँछ तर, बजेट अभावमा काम गर्न गाह्रो भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले प्रहरीले अपराध नियन्त्रणमा गर्दै आएको कामको विषयमा जानकारी गराउनुभएको थियो । आपराधिक क्रियाकलापमा सबैभन्दा बढी साइवर अपराधका घटना भइरहेको उहाँले बताउनुभयो । पछिल्लो समय बैंकिङ कसुरका मुद्दा पनि प्रहरीमा उल्लेख्य मात्रामा रहेको एसएसपी रेग्मीले जानकारी दिनुभएको छ ।

Exit mobile version