हेटौँडाः नेपाल स्काउटले बागमती प्रदेशको युवा मञ्च गठन गरिएको छ । नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा भएको ‘युवा मञ्च २०२३’ र ‘स्काउट शान्ति र सुरक्षा तथा युवा मञ्च” को ५ दिने तालिम समापनपछि मंगलबार प्रदेशस्तरीय युवा मञ्च गठन गरिएको हो । मंगलबार हेटौँडामा सम्पन्न तालिमपछि भावना शाहको संयोजकत्वमा ११ सदस्यीय प्रदेशस्तरीय मञ्च गठन गरिएको हो ।
मञ्चको सदस्यमा सौरभ न्यौपाने, सम्भव कोइराला, रेजिना ढकाल, गोविन्द पराजुुली, प्रेमन ढकाल, आयुुष गिरी, प्रसन्न खनाल, सलिना श्रेष्ठ, दिक्षा दाहाल, र्शैलजा अधिकारी रहनु भएको छ । नवनिर्वाचित सदस्यहरुलाई बागमती प्रदेश युवा मञ्चको तालिम कार्यक्रमका निर्वाचन अधिकृत अशोक सारु मगरले प्रमाणपत्र वितरण गर्नुभयो । राष्ट्रिय युवा मञ्चमा सहभागिताका लागि १२ जना प्रतिनिधि पनि चयन गरिएको छ । तालिममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट स्काउट क््रयूूका युुवाको सहभागिता रहेको थियो ।
नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्यालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा स्काउटका केन्द्रिय संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । फिण्डल्याण्ड–नेपाल साझेदारी परियोजना अन्तर्गत संचालन भएको शान्ति र सुुरक्षा तालिम कार्यक्रममा प्रोजेक्ट अफिसर प्रकृति उप्रेतीले सहजीकरण गर्नु भएको थियो । विश्व स्काउटको युुवा सहभागिताको विषयलाई लिएर बागमती प्रदेशस्तरीय युवा मञ्च २०८० को आयोजना गरिएको हो । नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युुवा कार्यक्रम, युवाका सवाल र युुवा मञ्चको अवधारणाबारे सहजीकरण गर्नु भएको थियो । युवाको सहभागिता, नीति निर्माण र युवाको विकासका सवालमा कार्यक्रमहरु निर्माण गर्नका लागि युवा मञ्चको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुुर भण्डारीले युुवाहरु अब स्काउटका हरेक तहहरुमा नेतृत्व लिनका लागि तयार रहनुुपर्ने र गफ गरेर भन्दा काम गरेका कारणले अन्तर्राष्ट्रियस्तरमा नै नेपाल स्काउटले उच्च छवि बनाउन सफल भएको बताउनुभयो । नेपाल स्काउटका केन्द्रिय समिति सदस्य विजेन्द्रलाल धोजु, स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, मकवानपुर जिल्ला पूर्वआयुक्त बेली थापा, पूर्व जिल्ला समन्वय आयुक्त ध्रुव विष्ट लगायतको आतिथ्य रहेको थियो ।