हेटौँडाः कर्मचारी मिलन केन्द्र मकवानपुरको आयोजनामा बिहिबार बिहान रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । हेटौँडा बजारको बुद्धचोकमा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईसहित सुरक्षाकर्मी, कर्मचारीले रक्तदान गरेका थिए ।