Home मुख्य समाचार लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–३ लेवटबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–१२ का ३० वर्षीय महेश महतो र ३३ वर्षीय अजय लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो २ बजेको समयमा बसामाडीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ८ प ५४६७ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा मोटरसाइकल चालक महतो र पछाडी सवार लामाको साथबाट लागुऔषध बरामद गरेको थियो । उनिहरुको साथबाट लागुऔषध कोरेक्स ३ बोतल, नाईट्राभेट ४ सय ५६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version