हेटौंडाः हेटौंडा–१६, चिसापानीमा खागको टोकाइबाट दुई जना महिला बिरामी भएका छन् । सोही ठाउँकी ३२ वर्षीया सरु दंगाल र छिमेकी ४५ वर्षीया मन्दिरा घिमिरे खागको टोकाइबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

सोमबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा दंगालको घरमा आएर बसेको खागले दंगालको शरीरको विभिन्न भागमा टोक्दा गम्भीर बिरामी भएकी छिन् । छिमेकी घिमिरेको भने अनुहारमा टोक्दा मध्यम बिरामी भएको जनाइएको छ । बिरामी दुबै जनालाई उपचारको लागि हेटाँंडा अस्पताल ल्याइएकोमा दंगाललाई भने तत्कालै थप उपचारका लागि भरतपुर रिफर गरिएको जनाइएको छ ।