Home मुख्य समाचार मकवानपुरगढी कार्यपालिका बैठकः अस्पतालको जग्गा स्वामित्वमा ल्याउने निर्णय

मकवानपुरगढी कार्यपालिका बैठकः अस्पतालको जग्गा स्वामित्वमा ल्याउने निर्णय

मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको कार्यपालिका बैठकले अस्पतालको जग्गा स्वामित्वमा ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनामा रहेको अस्पतालको जग्गा पालिकाको स्वामित्वमा ल्याउने निर्णय गरेको प्रवक्ता दिपेश दाहालले जानकारी दिनुभयो ।

यस्तै, बैठकले बालबालिका शाखाका साबित्री सापकोटालाई बालकल्याण अधिकारीको जिम्मेवारी दिने निर्णय गरेको छ । मकवानपुरगढी गाउँपालिकाले नगर प्रहरी सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । पालिकाले एक असईको कमाण्डमा २ महिला २ पुरुष रहने गरी नगर प्रहरी राख्ने भएको छ ।

पालिकाले योजना तथा सिफारिस सफ्टवेयर खरिद गर्ने निर्णय गरेको छ । पालिकाले योजना सम्झौता, अभिमुखीकरण तालिम, विभिन्न कार्यक्रमहरु वडा नम्बर १, ७ र ८ मा मंसिर १३, १४ र १५ गते वडा कार्यालयमा नै गएर योजना सम्झौता गर्ने भएको छ । कार्यपालिका बैठकले वातावरणीय प्रभावको अध्ययन (इआईए) गर्ने स्वीकृति गरेको छ ।

पालिकाले ५ नम्बर वडामा रहेको इश्वरी प्राविको पुरानो भवनमा माटो र गोबर परीक्षण केन्द्र बनाउने निर्णय गरेको छ । प्रदेश सशर्त अनुदानको गाई प्रवद्र्धन कार्यक्रमअनुरुप किसानलाई ५० प्रतिशत अनुदानमा गाई प्रदान गर्ने निर्णय गरेको छ । पालिकाले समयानुकूल महिनाको एक पटक बैठक बस्दै आएको प्रवक्ता दाहाल बताउनुहुन्छ ।

Exit mobile version