Home अर्थ/व्यापार सगरमाथा सहकारीको अध्यक्षमा पुनः डोटेल

सगरमाथा सहकारीको अध्यक्षमा पुनः डोटेल

नयाँ समिति निर्वाचित भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौँडा–४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः आयुषकुमार डोटेल निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौं अधिवेशनबाट दोस्रो कार्यकालका लागि डोटेल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा श्रीराज खतिवडा, सचिवमा रामचन्द्र नेपाल, कोषाध्यक्षमा निशा सिग्देल चयन हुनुभएको छ । सदस्यमा रुपक रिजाल, उमेश पुरी र ब्रबिम बर्तौला निर्वाचित हुनुभएको छ । सहकारीको लेखा समिति संयोजकमा श्रृजना रिजाल, सदस्यमा रमिला मैनाली र प्रदिप खड्का रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहने छ ।

५ हजार ६ सय ३ जना शेयर सदस्य रहेको संस्थामा शेयर पुँजी २ करोड ५९ लाख ८८ हजार ८ सय रुपैयाँ रहेको छ । २२ करोड ६४ लाख २५ हजार ६ सय ४४ रुपैयाँ कुल कारोबार रहेको संस्थाले गत आर्थिक वर्ष २०७९/८० मा ब्याज खर्च कटाई १ करोड ९९ लाख ३ हजार १ सय ८ रुपैयाँ आम्दानी गरेको छ । संस्थाको निक्षेप दायित्वमा १९ करोड ९ लाख ४१ हजार ६ सय ६ रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७९/८० मा १८ करोड ९६ लाख ७२ हजार कर्जा प्रवाह गरेको छ ।

संस्थाका अध्यक्ष डोटेलले संस्थाबाट हुने सेवा प्रवाह प्रभावकारी बनाउने बताउँदै संस्थाले आर्थिक वर्ष २०८०/८१ मा शेयर पुँजी वृद्घि गरी ३ करोड ५० लाख पुर्याउने र निक्षेप ३० करोड पुर्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति एवम् मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष आयुष डोटेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version