हेटौंडाः हेटौंडा अस्पतालले कोरोना महामारीको समयमा अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको थियो । हेटौंडा अस्पतालमा अहिले एउटा अक्सिजन प्लान्टमात्र सञ्चालनमा रहेको छ ।

हेटौंडा अस्पतालमा सञ्चालन गर्न ल्याइएको तरल अक्सिजन र दबाब स्विङ सोखना सिस्टममध्ये अहिले दबाब स्विङ सोखना सिस्टममात्र सञ्चालनमा आएको हो । आगामी आर्थिक वर्षसम्म तरल अक्सिजन पनि तयार हुने हेटौंडा अस्पतालका बायोमेडिकल श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना महामारीको समयमा उद्योग संघ मकवानपुरको पहलमा अस्पतालमा उक्त प्लान्ट स्थापना गरिएको थियो । हेटौंडा अस्पताललाई दुईवटा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको अस्पतालका बायोमेडिकल श्रीकृष्ण श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतालको पुरानो भवनसँग टाँसिएको एउटा कोठामा दबाब स्विङ सोखना सिस्टम नामक एउटा अक्सिजन प्लान्ट राखिएको छ भने तरल अक्सिजनलाई अस्पतालको शवगृह अगाडि राखिएको छ ।

अहिलेको समयमा दबाब स्विङ सोखना अक्सिजनले शल्यक्रिया गर्ने विभाग र इमर्जेन्सी विभागमा पाइपलाइनमार्पmत् अक्सिजन पठाउने गरिएको छ भने वार्डहरुमा अक्सिजन सिलिन्डरमार्पmत् अक्सिजन पठाउने गरिएको छ । दबाब स्विङ सोखना अक्सिजन २४ सै घण्टा स्वचालित रहन्छ । अस्पतालमा रहेको तरल अक्सिजन सञ्चालन गर्नका लागि पाइपलाइन तयार नभएको श्रेष्ठले बनाउनुभयो ।
श्रेष्ठका अनुसार हेटौंडा अस्पतालले पाइपलाइनको टेण्डर गरेको छ । हेटौंडा अस्पतालमा अहिले सिलिन्डर बाइपासको सुविधा रहेको छ । अस्पतालले पाइपलाइनका लागि बजेट माग गर्दा अपुग बजेट आएको श्रेष्ठले बताउनुभयो ।

हेटौंडा अस्पतालमा भएको अक्सिजन सिलिन्डर ४० लिटरको छ भने यसको गणना प्रवाह ३.२ घनमिटर प्रतिघण्टा रहेको श्रेष्ठले जानकारी दिनुभयो । सञ्चालनमा आएको दबाब स्विङ सोखना अक्सिजनबाट अहिलेसम्म अस्पतालमा समस्या नआएको श्रेष्ठले बताउनुभयो ।