हेटौँडाः रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा शनिबार बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ। कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो। रक्तसञ्चार केन्द्र हेटौँडामा अहिले रगतको उपलब्धता सहज रहेको छ। आउँदो बुधबार कर्मचारी मिलन केन्द्रले पनि रक्तदान कार्यक्रम आयोजना गर्दैछ।
