Home मुख्य समाचार योगी विकासानन्दले आज हेटौंडामा योग सिकाउने

योगी विकासानन्दले आज हेटौंडामा योग सिकाउने

हेटौंडाः प्रख्यात दार्शनिक तथा योग गुरु डा. योगी विकासानन्दको उपस्थितिमा आज शनिबार हेटौंडामा कार्यक्रम हुने भएको छ । विकासानन्द फाउण्डेसन विश्व परिवार हेटौंडा शाखाको आयोजनामा योग, ध्यान, साधना तथा हिप्नोशिस कार्यक्रम हुने भएको हो ।

हेटौंडा–४ स्थित रोयल प्यालेसमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जानकारी दिएकोे छ । कार्यक्रममा ध्यान गर्ने तरिका, स्वस्थ जीवन जिउने तरिका, सकारात्मक सोचाई र आफ्नो शक्तिलाई पहिचान गर्ने तरिकाबारे योग गुरु डा. विकासानन्दले सिकाउनु हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन आयोजकले टिकटको व्यवस्था गरेको र एक हजार वटा टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ । पछिल्लो समय सर्वसाधारणमा मानसिक समस्या बढ्ने र विभिन्न समस्याहरु उत्पन्न हुने कुरालाई मध्यनजर गर्दै योग गुरु विकासानन्दले कार्यक्रम गर्न लाग्नुभएको हो ।

Exit mobile version