Home खेलकुद हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः कमानेलाई हराउँदै रियल स्टार विजयी

हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः कमानेलाई हराउँदै रियल स्टार विजयी

रियल स्टारका गोलरक्षक आयुष गोलेलाई म्यान अफद म्याचको पुरस्कार प्रदान गर्दै ।

हेटौँडाः हेटौँडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो खेलमा रियल स्टार क्लब विजयी भएको छ । हेटौँडा स्पोर्टस एफसी मुण्डियाल क्लबको आयोजनामा हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा रियल स्टार क्लबले कमाने फुटबल एकेडेमीलाई टाइबेकरमा ३–२ गोलअन्तरले पाराजित गरेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा खेल सकिए पछि खेल टाइबेकरमा धकेलीएको थियो । रियल स्टारको तर्फबाट पहिलो हाफको १३ मिनेटमा साजन थिङले १ गोल गरेका थिए । कामाने एकेडेमीबाट दोस्रो हाफको ५४ मिनेटमा पेनाल्टी सुट आउटको सुनौलो अवसर पाएर समन लामाले १ फर्काएका थिए । खेलको म्यान अफ द म्याच रियल स्टारका गोल रक्षक आयुष गोले घोषित भएका छन ।

प्रतियोगितामा १४ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ ।

Exit mobile version