Home खेलकुद हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः न्यु डाँफेको विजयी सुरुवात

हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः न्यु डाँफेको विजयी सुरुवात

खेलको म्यान अफ द म्याच डाफे युथ क्लबका शेख असरत

हेटौँडाः हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा न्यु डाँफे युथ क्लबले विजयी सुरुवात गरेको छ । आज बुधबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा पदमपोखरी फुटबल एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै न्यु डाँफेले विजयी सुरुवात गरेको हो ।

न्यु डाँफेको जीतमा सुरज स्याङ्तनले निर्णायक गोल गरे । खेलको पहिलो हाफको १४ औँ मिनेटमा स्याङ्ताङले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच डाफे युथ क्लबका शेख असरत घोषित भए । प्रतियोगिता अन्तर्गत अहिले रिगल हेटौंडा रिर्सोट र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । दुई टिमबीचको विजेताले सेमिफाइनलमा न्यु डाँफेसँग खेल्नेछन् ।

१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको उपाधी–विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ शहित शिल्ड मेडल तथा प्रमाण प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Exit mobile version