Home मुख्य समाचार लघुवित्तविरुद्ध हेटौंडामा प्रदर्शन

लघुवित्तविरुद्ध हेटौंडामा प्रदर्शन

लघुवित्त तथा वित्तीय शोषणको विरुद्ध हेटौंडामा विरोध प्रदर्शन र्याली

हेटौंडाः लघुवित्त तथा वित्तीय शोषणको विरुद्ध हेटौंडामा विरोध प्रदर्शन भएको छ । मंगलबार लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिका अगाडि सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले बसपार्क, राप्तीरोड, बुद्धचोक, संगमचोक, कांग्रेसचोक, मानसचोक, नगरपालिकारोड हुँदै विरोध र्याली गरेका थिए । विरोध र्यालीपश्चात् हेटौंडा उपमहानगरपालिका अगाडि सडकमा कोणसभा गरिएको थियो ।

कोणसभामा बोल्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिका केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष सूर्य राईले लामो समयदेखि संघर्ष कार्यमा लागि परेको बताउँदै आफूहरुको मागलाई सरकारले बुझ्न नसकेको बताउनुभयो । लघुवित्तले जनतालाई शोषण गरेको भन्दै सरकारले लघुवित्तलाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

Exit mobile version