हेटौंडाः सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा कङ्काल फेला परेको छ । शुक्रबार रुन्चेडाँडा जंगलमा शव (सडिगली कङ्काल मात्र रहेको) अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

हाल नामथर वतन नखुलेको कङ्कालको नजिकै कालोमा सेतो धर्का भएको कट्टु, निलो रंगको गन्जी र कालो सेतो मिक्स भएको प्लास्टिकको चप्पल रहेको कपडाको आधारमा पुरुष व्यक्ति भएको हुनसक्न अनुसन्धान गरिएको प्रहरीले जनाकारी दिएको छ । मुचुल्का तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।