Home मुख्य समाचार स्कुटरको ठक्करबाट महिलाको मृत्यु

स्कुटरको ठक्करबाट महिलाको मृत्यु

साङ्केतिक तस्बिर

हेटौँडाः मदन भण्डारी राजमार्गको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत हेटौँडा–१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी बिकको मृत्यु भएको छ ।

शुक्रबार साँझ साढे ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गरेकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाईते भएकी गोपिनीको हेटौँडा अस्पतालमा उपचारको क्रममा ६ बजेर ४६ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले स्कुटर चालक हेटौँडा–१, पिपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

Exit mobile version