हेटौँडाः सोमबार बिहान रुखबाट लडेर मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, रमौलीकी रिता सुनारी मगरको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजेको समयमा नजिकैको जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी रिताको चितवन जिल्लास्थित चितनव मेडिकल कलेजमा बिहान १० बजेर २० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।