हेटौँडाः अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्र नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकार भएको छ । बिहीबार हेटौँडामा भएको विशेष साधारण सभाको निभार्चनबाट नेवाङग विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।
सभामा ५३ जनाले मतदान गरेकोमा ५२ जनाले नेम्वाङको पक्षमा मतदान गरेका थिए भने एक मत मदर भएको थियो । ८७ जना मतदाता रहेकोमा ३४ जनाले मतदान प्रक्रिया बहिस्कारगरि बाहिरीएका थिए । एन्फाका महासचिव किरण राइले अध्यक्ष सँग सम्बन्धीत सबै कुराहरुको अन्त्य भएको बताउनुहुँदै फुटबल क्षेत्रको विकास हुने बताउनुभयो ।
अध्यक्षको विषयमा धेरै छलफल गर्दा समेत कुनै प्रकारको समाधान नभएकोले साधाहरण सभा मार्फत मतदात प्रक्रियामा जानुपरेको धारण राख्नुभयो । सभामा विभिन्न जिल्लाका फुटबल संघमा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।