हेटौंडाः नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले माओवादी आन्दोलनसँगै लामो संघर्षबाट राज्य व्यवस्थामा परिवर्तन आएको बताउनुभयो । आइतबार जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ५ को सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहनुभएकी मोक्तानले परिवर्तन पश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि माओवादीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । उहाँले जनभावना अनुसारको विकासका लागि गुरुयोजना बनाउनुपर्ने बताउनुभयो । उहाँले थाहानगरको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैबीच सम्मेलनले थाहा नगरपालिका वडा नम्बर ५ मा निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा अजय गुरुङ, बीरमान थिङ र रहरबहादुर घलान, सचिवमा श्रीकृष्ण लामा, सहसचिवमा विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा चयन भएका छन् । माओवादी केन्द्र वडा नम्बर ५ का अध्यक्ष जगन्नाथ वाईबाको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका उपत्यका विशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान अन्तर्गत थाहानगर कमाण्डर प्रकाश चन्द्र पाण्डेको विशेष आतिथ्य रहेको थियो ।